मेची राजमार्ग १९ घण्टापछि सञ्चालनमा

फाइलफोटो

फुङ्लिङ । सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङखण्ड पुनः सञ्चालनमा आएको छ । फुङ्लिङ नगरपालिका–८, वैशाखे भीरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घण्टापछि खुलेको हो ।

ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित खोक्सेनजिक वैशाखे भीरमा माथिबाट ठूल्ठूला चट्टानसहित खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय इलामका अनुसार करिब ३० मिटर दूरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिरोले बिहीबार दिनभर राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए ।

सडक खुलेसँगै हिजो दिनभर रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका छन् । ताप्लेजुङ भित्रने सवारीसाधन सदरमुकाम फुङ्लिङतर्फ प्रवेश गरेका छन् । यहाँबाट बाहिरिने यातायातका साधन गन्तव्यतिर लागेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here