बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल पक्राउ

काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।

त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

उनको घरमा काम गर्ने घरेलु कामदार युवतीले बलात्कार लगाएपछि पोखरेल फरार थिए। पोखरेलले आफ्नै घरमा काम गर्ने युवतीलाई यौन दुर्व्यवहार गरेको दृश्य सामग्री (भिडिओ) बाहिरिएको थियो। पीडित युवती आफैंले सामाजिक सञ्जालमार्फत उक्त भिडिओ सार्वजनिक गरेकी छन्।

गत शुक्रबार पीडित युवतीको जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएर अनुसन्धान प्रक्रिया अगाडि बढेको थियो।