कोशी प्रदेशमा नयाँ सरकार बनाउन ५ दिनको समय

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि आह्वान गरेका हुन्।

‘प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न साउन १६ गते मंगलबार साँझ ५ बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

प्रदेश प्रमुखको कार्यालयले उद्धव थापा नेतृत्वको तत्कालीन सरकारबारे सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, त्यही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा यो निर्णय लिइएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here