राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गराउन महानगरको माइकिङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन माइकिङ गरेको छ । धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनको मुनि रहेको भन्दै सोमबारसम्म हटाउन महानगरले माइकिङ गरेको नगर प्रहरीले जनाएको छ ।

धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो । यो घरको नक्शापास नभएको बुझिएको छ । दाताहरुले राप्रपालाई यो घर-जग्गा प्रयोग गर्न दिएता पनि नक्शापास नहुनाले राप्रपाको नाममा आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here