सर्रे जागुएर्सको जितमा सन्दीपको तीन विकेट, तेस्रोपटक जिते मोमेन्ट अफ द म्याच

काठमाडौं । ग्लोबल टी- २० क्यानडा क्रिकेटमा नेपाली लेगस्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिंदै मिसिसाउगा प्यान्थर्सविरुद्ध तीन विकेट लिएका छन् ।

सर्रेका हरेक खेलमा उनको महत्वपूर्ण योगदान दिएका लामिछानेले शुक्रबार राति भएको खेलमा ५५ रनले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सर्रे जागुएर्सले जतिन्दर सिंहको अर्धशतकमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

१६५ रनको लक्ष्य पछ्याएको प्यान्थर्स १७ ओभरमै १०९ रनमा अलआउट भए । प्यान्थर्सलाई अलआउट गर्न सर्रे जागुएर्सका सन्दीपले तीन ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । दोस्रो जितपछि चार खेलबाट ५ अंक जोडेर सर्रे तेस्रो स्थानमा उक्लेको छ।

प्लेयर अफ द म्याचको अवार्ड पाउन नसके पनि सन्दीपले फेरि एकपटक मामेन्ट अफ द म्याचको पुरस्कार पाएका छन् । उनले एकै ओेभरमा दुई विकेट लिएर खेललाई सर्रेको पक्षमा ढल्काएका थिए ।

सन्दीपले अहिलेसम्म चार खेलमा ७ विकेट लिएका छन्, जसमध्ये वर्षाले प्रभावित एक खेलमा उनले दुई ओभर मात्र बलिङ गर्न पाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलको सूचीमा उनी तेस्रो स्थानमा छन् । उनी ग्लोबल टी २० को इतिहासमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here