सरकारले भ्रष्टाचार लुकाउन खोज्यो : एमाले अध्यक्ष

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै नसक्ने बताए ।

केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेको उनको भनाई छ । पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु भएको लुम्बिनी प्रदेशका सबै तहका एमालेबाट विजयी जनप्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै यस्तो बताएका हुन् ।

उनले सरकारले आफुलाई भ्रष्टाचार विरोधी भनेर जति हल्ला मच्चाइए पनि देशमा भ्रष्टाचार झनै मौलाएको हुनाले एमालेले गम्भीर भएर समीक्षा गरिरहेको बताए ।

एमाले अध्यक्ष ओलीले अहिलेको सरकार सुशासनको पक्षमा नरहेको र राष्ट्रप्रतिको जिम्मेवारीबोध पनि सरकारलाई नभएको आरोप लगाए । उनले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले सम्बन्धको आधारमा सिफारिस नगर्न निर्देशन दिंदै यो कुरा पार्टीका लागि घातक बन्न सक्ने बताए ।

उनले एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्न नहुने जनाउँदै जनप्रतिनिधि बदनाम हुनु भनेको पार्टी बदनाम हुनु भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here