कोरियाबाट फर्किएका श्रमिकले पुनः जाने बाटो सहज बनाउन भन्दै गरिरहेको आन्दोलन फिर्ता, यस्तो भयो सहमति

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ कोरिया, इपिएस शाखाबिच सहमति भएको हो ।

विगत केही महिनादेखि इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्किएकाले रोस्टरमा भएका श्रमिकलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सहमति अनुसार सिबिटी परीक्षासम्बन्धी सूचनाको आधारमा इपिएस कोरिया शाखा र कोरियाबाट फर्केका समूहबिच असार १० गते भएको सहमति कार्यान्वयन गर्न पहल गर्ने तथा सिबिटी परीक्षा फर्केकाका लागि भएकाले स्वस्फूर्त रूपमा सहभागी हुने छन् ।

कोरियाबाट फर्केका समूहले कार्यालयमा पेस गरेका मागलाई श्रम मन्त्रालय मार्फत कूटनीतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ ।

सो शाखाका अनुसार चार वर्ष १० महिना दक्षिण कोरियामा काम गरेर फर्केकाले सन् २०२२ मा पुनः परीक्षा दिएर उत्र्तीण भई कोरिया जान प्रतीक्षारत थिए । कोरियाबाट फर्किएर पुनः जानका लागि प्रतीक्षारतको सङ्ख्या तीन हजार पाँच सयदेखि चार हजार रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here