उस्तै पहिरन लगाइ एउटै गीतमा नाचे नौ सय डान्सर, बन्याे विश्व रेकर्ड

काठमाडौं । विश्व रेकर्ड बनाउने होडमा मानिसहरुले अनौठा अनौठा कामहरु गर्न थालेका छन् ।

विश्व रेकर्ड बनाउनु आफैमा एउटा चुनौतिपुर्ण र गौरवको काम हो । यसको लागि तयारी र प्रतिभा दुवै चाहिन्छ ।

यस्तै काम गरेका छन् मेक्सिकोको जलिस्को नामको शहरका कलाकारहरुले । गत शनिवार लगभग नौ सय मानिसहरुले आफ्नो परम्परागत गितमा परम्परागत पहिरन लगाएर एकैपटक उस्तै तालमा नाचेर विश्व रेकर्ड बनाएका छन् । यो रेकर्ड गिनीज बुक अफ वल्र्ड रेकर्डमा समेत समावेश भएको छ ।

यो भन्दा पहिले यस्तै खालको रेकर्ड सन् २०११ मा मेक्सिकोमा नै ४ सय ५७ जना मानिसहरुले बनाएका थिए । त्यसको आठ वर्षपछि उक्त रेकर्डलाई मेक्सिकोमा नै तोडिएको हो ।

गिनीज बुकका अधिकारी कार्लोस तापियाले भनेका छन्, ‘डान्सरले लगातार ५ मिनेटसम्म नृत्य गरे । यो रेकर्डमा उनहिरुले लगाएका पहिरनलाई पनि नम्बर दिईएको छ । यस नृत्यमा पुरुषले परम्परागत सुट साथै पंखा भएको टोपी लगाएका थिए । साथै महिलाले गोलो फराकिलो लुगा, गहना र कपालमा रिबन लगाएका थिए ।’

यो रेकर्ड बनाउने क्रममा ८ सय ८२ जना डान्सरले परम्परागत लुगा लगाएर परम्परागत लाेक गीतमा नृत्य गरेका थिए । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here