पानी ट्यांकर ठोक्किँदा महांकाल मन्दिरमा क्षति,चालकको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको महाँकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते भएका छन् भने मन्दिरमा पनि क्षति पुगेको छ।

त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो ।

मन्दिरमा क्षति पुगेपछि गुठियारहरूबीच छलफल सुरु भएको छ। उक्त मन्दिरमा पुगेको क्षतिबारे निर्णय गर्न गुठियारहरु भेला भएका छन्।

दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन्। घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here