उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटियो, उडान स्थगित

पोखरा । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ ।

आज सोमबार मध्याह्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएको हो ।

यती एयरको सो जहाज ११ बजेर ५० मिनेटमा उडान नम्बर ६७८ मार्फत काठमाडौं जाने तयारीमा थियो ।

जहाज रोकिएपछि थप अनुसन्धान र प्राविधिक परीक्षणका लागि काठमाडौंबाट इन्जिनियर बोलाइएको एयरलाइन्सको पोखरास्थित कार्यालयका एक कर्मचारीले जानकारी दिए । एयरलाइन्सका अन्य जहाजबाट भने उडान नियमित भइरहेको ती कर्मचारीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here