प्राथमिक तह शिक्षक पदको परीक्षा सर्‍यो

काठमाडौं । प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गते हुने भएको छ । शिक्षक सेवा आयोगले आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको हो ।

सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी दिएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here