मधेश प्रदेशमा पाँचौं पटक मन्त्रीमण्डल विस्तार

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद पाँचौं पटक पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार रिक्त रहेका दुई मन्त्रालयमा नेपाली कांग्रेसबाट मोहम्मद समिमलाई गृह सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै मधेश प्रदेश सरकारको विनाविभागीयमन्त्री पदबाट वसन्तकुमार कुशवाह र राज्यमन्त्री पदबाट स‌ञ्जयकुमार यादवले राजीनामा दिएका थिए । पार्टीकै निर्देशनमा उनीहरूले राजीनामा दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here