कोशीमाको बन्दैछन् मुख्यमन्त्री, दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समय आज सकिँदैछ ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेको समय साँझ ५ बजे सकिन लागेको हो ।

गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।

तर, गौतमले सभामुखबाट राजीनामा गरेपछि आफैं मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन ।

एमालेले पनि राप्रपालाई नै विश्वासमा लिएर संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने तयारी गरेको छ ।

दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौंमा पनि छलफललाई तीव्र बनाएका छन् ।

कोशी प्रदेशसभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) एक गरी ९३ सदस्य छन् ।

सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएको छ ।

गठबन्धन दललाई राप्रपाले साथ दिए सहज ढंगले सरकार बन्नसक्छ तर केन्द्रीय स्तरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भएको छलफल सकारात्मक नदेखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here