मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्चको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन अल्पकालीन आदेश दिएको छ ।

न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासलले ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले आदेश दिएका हुन् । काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर आफनाे जग्गा दाबी गर्दै आएका विश्वनाथ (जनार्दन ) आचार्यले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त जग्गामा आचार्यले ४ वटा सटर बनाएका छन् । ती सटरहरुमा उनले मासिक ७० हजारका दरले भाडामा लगाएका छन् । यी सटरहरु स्वीकृत नलिई र नक्सा पास नगरी बनाइएकाले महानगरले भत्काउने तयारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here