रक्सी पिउन लाइसेन्स अनिवार्य

काठमाडौं । गुठिचौर गाउँपालिकामा मदिरा सेवन गर्नेलाई लाइसेन्स अनिवार्य गरेको छ । गाउँपालिकालाई ‘मदिरा निषेधित पालिका’ घोषणा गर्नको लागि भाद्र १ गतेदेखि लागू हुने गरी लाइसेन्स अनिवार्य गरेको हो ।

मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि अनुसार पालिकाभित्र मदिरा उत्पादन गर्ने, वितरण गर्ने, सेवन गर्ने तथा ओसार पसार गर्ने सबै व्यक्तिले अनिवार्य रुपमा लाईसेन्स लिनु पर्ने छ ।

रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य गर्दै गाउँपालिकाले यस्तो इजाजत लिन, नवीकरणको काम समेत साउन भित्रै गरिसक्न सूचित गरेको छ ।

यस गाउँपालिकामा अब सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य केन्द्र, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालय भन्दा ५ सय मिटर टाढा मात्र रक्सी पसल खोल्न पाइने भएको छ । रक्सी पसलमा यसबाहेक अन्य सामान राख्न नपाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here