नगरिक लगानी कोषमा ११ योजना सञ्चालन, एक खर्ब ३९ अर्ब बचत

काठमाडौ । नागरिक लगानी कोषले हाल ११ योजना सञ्चालन गरीरहेको जानकारी दिएको छ ।

कोषले कर्मचारी वचतवृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगाीकर्ता हिसाव योजना लगायतका विभिन्न वीमा कोषहरु समेत गरी कुल ११ ओटा योजनाहरु प्रभावकारी रुपमा व्यवस्थापन गर्दे आइरहेको बताएको हो ।

त्यस्तै २०७६ असार मसान्त सम्ममा कोषले कुल १ खर्ब ३० अर्ब रुपैया भन्दा बढि बचत परिचालन गरेको जानकारी दिएको छ ।

दुरदृष्टिबाट भएको संचालक समिति, व्यवसायिक व्यवस्थापक र अनुभवी एबं लगनशिल जनशक्तिको उचित संयोजन भएको कारणले कोष व्यवस्थापनमा अग्रस्थानमा रहदै आएको कोषले बताएको छ ।

कोषले संचालन गरेका कार्यक्रमहरु मध्ये सुनिश्चत प्रतिफल र सुरक्षित लगानीको रुपमा लगानीकर्ताहरुले नागरिक एकांक योजनालाई छनोट गर्ने गरेका छन । लगानीकर्ताको माग अनुसार कोष व्यवस्थापनले नागरिक एकांक योजनामा खरिदको सिमा हटाएको छ ।

यसलाई अझ ब्यापक सहभागितामूलक बनाउन संस्थागत रुपमा सहभागी हुने एकांक धनीहरुलाई प्रदान गरिदै आएको वार्षिक ब्याजदर ५ दशमलब ५ प्रतिशतबाट बृद्धि गरी ८ प्रतिशत कायम गरेको कोषको सूचना अधिकारी उद्धव सिलवालले बताए ।

लागनीलाई विविधिकरण गर्न चाहने र उच्च प्रतिफल चाहने लगानीकर्ताहरुका लागि यस निर्णयले आकर्षित गर्न सक्ने कोषले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here