‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान ब्राण्डअन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा ल्याएको छ। क्याफेजा रिच रोस्ट ह्यान्ड पिक गरिएको कफी बिनहरूबाट तयार गरी मंगलबारदेखि औपचारिक रूपमा बजारमा ल्याइएको हो।

उक्त कफीमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण रहेको ग्रूपले जानकारी दिएको छ। कफी प्रेमीहरूका लागि, ज्ञान क्याफेजा रिच रोस्ट कफी उत्कृष्ट रोजाइ हुनसक्ने विश्वास कम्पनीले लिएको छ।

गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि विज्ञहरूले परीक्षण र उपभोगको लागि प्रमाणित गरिसकेका छन्। कफी डिपार्टमेन्ट स्टोरहरू, दराज नेपाल तथा किराना पसलहरूबाट खरिद गर्न सक्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here