‘इन ड्राइभर : साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ नेपाली भाषामा

काठमाडौं। इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) आर्सेन टम्स्कीले नेपालमा आफ्नो पुस्तक ‘इनड्राइभर : फ्रम साइबेरिया टु सिलिकन भ्याली’ को नेपाली भाषामा अनुवादित संस्करण सार्वजनिक गरेका छन्।

यो पुस्तक अब अंग्रेजी, स्पेनी र पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको छ र नेपाली भाषामा यसको पहिलो संस्करण सार्वजनिक गरिएको हो।

‘पाठकहरूसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुसी छु। इनड्राइभको जग र विकास मेरा लागि व्यावसायिक प्रयासमात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो जसले मेरो जीवनलाई आकार दिएको छ र यसको विकासको बारेमा लेख्नु परिवर्तनकारी भएको छ,’ विमोचन कार्यक्रममा इन्ड्राइभका संस्थापक तथा सिइओ टम्स्कीले भने, ‘र, म यस कार्यमा तपाईंहररूलाई निमन्त्रणा गर्न पाउँदा उत्साहित छु। सबैजनालाई आफूसँगै यो साहसिक कार्यको अनुभव लिन स्वागत गर्दछु।’

पुस्तकले आर्सेनको जीवनकथा अनावरण गरेको छ। साइबेरियामा जीवनको कठोर वास्तविकता नेभिगेट गर्नेदेखि दृढ आत्मविश्वाससाथ प्राविधिक उद्यमशीलताका क्षेत्र प्रवेश गरेको अनुभव पुस्तकमा समावेश छन्।

कथाले उतार चढाव, जोखिम र पुरस्कारका साथै आर्सेनको यात्रालाई आकार दिने निर्णायक क्षणलाई कैद गरेको छ। यो पुस्तकमा एक आकर्षक कथा छ, जसले अटल मानव भावना, सपना खोजी र नवीनताको शक्तिलाई सहजरूपमा भन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here