त्रिभुवन विमानस्थलमा सामान हरायो ? वेवसाईटमा सर्च गर्नुस

क्लाउडपत्रिका

तपाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै यात्रारत हुनुहुन्छ र त्यसक्रममा सामान हरायो भने नजिकै रहेका सुरक्षाकर्मी या विमानस्थल कर्मचारीसँग सम्पर्क गर्नुहोस । अथवा जहाजमै छुटेको हो भने ग्राउण्ड ह्यान्डिलिङको जिम्मा लिएको नेपाल एयरलाइन्सका कर्मचारीसँग सम्पर्क गर्नुहोस । त्यति गर्दा पनि सामान भेटिएन भने के गर्ने त ?

यात्रुको यसै जिज्ञासा मेटाउन पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले विमानस्थल भित्र फेला परेका तर, कसैले दावि नगरेका सामान वेवसाइटबाट सार्वजनिक गर्न थालेको छ ।

विमानस्थलको वेवसाइट www.tia.com.np मा गएर लस्ट एण्ड फाउन्ड शिर्षकमा विमानस्थलले भेटिएका सामानको तस्वीर राखेको हुन्छ । त्यो सामान आफ्नो भए विमानस्थलले उपलब्ध गराएको फोन नम्बरमा सम्पर्क गरी सामानको दावि गर्न सकिन्छ ।

कस्ता सामान हराउँछन् ?
विमानस्थलले पछिल्लो समय राखेको विवरण अनुसार लगेज, ल्यापटप, ब्याग, वालेट, पासपोर्ट, ट्यावलेट, किनमेल गरेका सामान (चकलेटलगायत) तथा विभिन्न प्रकारका कागजात बढी यात्रुले छुटाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here