आज राती पहिलो पटक जापान उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, ११ भदौ । नेपाल एयरलाइन्सको जापानका लागि पहिलो सिधा उडान आज राती साढे दुई बजे नेपालबाट हुँदैछ ।

नेपाल एयरलाइन्सका अनुसार जापान उडानको सम्पूर्ण तयारी पूरा भइसकेको छ । निगमले जापानको उडान स्थानीय समय अनुसार रातको २ः३० बजे कायम गरेको छ ।

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए३३०-२०० बाट पहिलो पटक लामो दूरीमा उडान थाल्दैछ । १२ वर्षपछि नेपाली जहाज जापान पुग्न थालेको हो ।

तर, सिधा उडान भने जापानमा पहिलो पटक हुनेछ । किनकी यसअघि चीनको सांघाईमा रोकिएर मात्र नेपाल एयरलाइन्स जापान जाने गरेको थियो ।

नेपालबाट करीव साढे ६ घण्टाको सिधा उडानपछि जापानको ओशाका विमानस्थलमा जहाज पुग्नेछ । व्यापारिक दृष्टिकोणबाट जापान उडानलाई निगमले निकै महत्व दिएको छ ।

किनकी यहाँ ७० प्रतिशतभन्दा माथि सीट भरिए भने निगम नाफामा जाने व्यापारिक अनुमान रहेको छ । नजिकिएको दशैं र पर्यटक आगमनमा हुन सक्ने वृद्धिले निगमको उडान फाइदामा जाने अपेक्षा गरिएको छ ।

ओशाकामा सन् १९९४ देखि सन् २००७ सम्म चीनको सांघाईमा टान्जीट राखेर निगमले जहाज उडाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here