सन्दीप ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो सिजनको ग्लोबल टी–२० क्यानडामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ५ खेलमा बलिङको मौका पाउँदा १० विकेट लिइसकेका छन् ।

सर्रे जग्वार्सबाट लिग खेलिरहेका सन्दीपले गएराति मिसिसौगा प्यान्थर्सविरुद्धको खेलमा घातक बलिङ गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले ४ ओभरमा ६ रन मात्र लिएर महत्वपूर्ण ३ विकेट लिए ।

सन्दीपले आजम खान (२), टम कूपर (०) र जाहूर खान (१) को विकेट लिएका हुन् । सन्दीपले ५ खेलमध्ये २ मा ३/३ तथा २ खेलमा २/२ विकेट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here