चितवनमा चलाएको नि:शुल्क ‘ब्लू बस’ रास्वपाको सस्तो राजनीति

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि नि:शुल्क चलाएको ब्लू बसलाई सस्तो राजनीतिको संज्ञा दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले महिलाका लागि मात्र भनेर चितवनवाट दिन खोजिएको सन्देश भनेर सस्तो लोकप्रियताको संज्ञा दिएका हुन् । उनले भनेका छन् -‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरूदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए। उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे।

जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्,’ उनले लेखेका छन्,‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागिमात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान्? जिज्ञासा उठ्नु स्वाभाविक हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here