नाडा अटाे शाेमा टाटाकाे एच फाइभ सार्वजनिक, के के छन् विशेषता ?

काठमाडौं, ११ भदौ । नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोमा नयाँ कार एच फाइभ सार्वजनिक गरेको छ ।

भारतमा केही समयअघि ह्यारियर नाममा नै बिक्रि वितरण सुरु भएको भई चर्चा कमाएको टाटा एच फाइभ नाडा अटो शोको अवसर पारेर नेपालमा सार्वजनिक भएको हो ।

एच फाइभ कारको सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । विभिन्न ४ भेरिएन्टमा उपलब्ध यस गाडीको एक्सई भेरिएन्टको मूल्य ५६ लाख ५५ हजार, एक्सएम भेरिएन्टको मूल्य ६४ लाख ५५ हजार, एक्सटी भेरिएन्टको ६९ लाख ५५ हजार र एक्स जेड भेरिएन्टको ७४ लाख ५५ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

कम्पनीले यो गाडी ल्याण्डरोभरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरीएको बताउँदै उत्कृष्ट पर्फमेन्स दिने बताउँदै आएको छ ।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

ह्यारिअर गत जनवरीमा भारतीय बजारमा लन्च गरिएको थियो ।

२.० लिटरको फोर सिलिन्डर क्रियोटेक टर्बो डिजेल इन्जिन जडित गाडीले जसले १४० बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ ।

यसमा ४ सय ५० लिटरको बुट स्पेस र ५० लिटरको इन्धन ट्यांकी उपलब्ध छ । गाडीको क्याबिनमा ८.८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ । गाडीकाे बुकिङ केही दिनअघि देखि नै खाेलिएकाे थियाे ।

एच फाइभ नेपाली बजारमा लाेकप्रिय हुने विश्वास लिएकाे कम्पनीले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here