प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिवार्य अवकासमा जाने भएपछि आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषदले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र विपक्षी दलका नेता केपी शर्मा ओली सदस्य छन्।

मंगलबारको बैठकले सर्वसम्मत भावि प्रधानन्यायाधीश सिफारिस गरेको हो। यसका लागि प्रधानमन्त्रीले विपक्षी दलका नेता ओलीसँग पनि छलफल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here