नेपालमा सेरोटाइप–२ स्वरुपको डेङ्गु बढी सक्रिय

काठमाडौं । नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो ।

महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमूना परीक्षण गरेको थियो । परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ । उनले तीमध्ये सेरोटाइप–१ केहीमा र सेरोटाइप–३ पनि देखिएको छ ।

सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमूना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ ।

अहिलेसम्म नेपालमा डेङ्गु सङ्क्रमणका चारवटै स्वरुपका सेरोटाइप देखिएका छन् । एउटा स्वरुपको सेरोपाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ । ‘ एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको सङ्क्रमण भएपछि त्यसको लक्षण बढी खतरानक हुन्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here