दोलखामा पहिरोले घर पुरिँदा १५ महिने शिशुको मृत्यु, तीन जना बेपत्ता

फाइलफोटो

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ टोपाटारमा पहिरोले घर बगाउँदा पहिरोमा पुरिएर १५ महिने शिशुको मृत्यु भएको छ भने, तीनजना बेपत्ता भएका छन्।

पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ र ३ वर्षीय बालक प्रिन्स थामी बेपत्ता भएका हुन्।

पहिरोमा पुरिएका तीन जनाको उद्धार गरिएको छ। घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

दुर्गम भएकाले उद्धार गर्न असहज भएको र अहिले केही प्रहरी पुगेपछि उद्धार सुरु गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here