व्यवसायीले सिन्डिकेट लगाएपछि पालिकाले थाल्यो निःशुल्क टिपर सेवा सञ्चालन

काठमाडौं । वीरेन्द्रनगरमा रहेको संयुक्त यातायात व्यवसायीले चौकुनेमा सिन्डिकेट लगाएपछि पालिकाले टिपर सेवा सञ्चालनमा ल्याएको छ ।

सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै चौकुने पालिकानै यातायातविरुद्ध उत्रिएको हो।

पालिकाले शनिबारदेखि निःशुल्क यात्रा सेवाका लागि सञ्चालन गरेको टिपरमा संयुक्त यातायातका ज्यादतीविरुद्धमा नारासमेत उल्लेख गरेको छ। पालिकाले सुरुमा भे १ ग १२९ र भे १ ग १३० नम्बरको टिपरबाट यात्रुलाई सेवा उपलब्ध गराएको छ।

पालिकाले आज पहिलो दिन ६० भन्दा बढी स्थानीयलाई टिपरबाट वीरेन्द्रनगर यात्रा निःशूल्क गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here