प्रहरी रिपोर्टको लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य, अबदेखि अनलाइन मार्फत

काठमाडौं । प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गरेका छन् ।

अनलाइनबाटै आवेदन दिने र प्रमाणीकरण हुने भएपछि अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग जानु पर्ने बाध्यता हट्ने दाबी गरिएको छ । अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने विभागले जनाएको छ ।

यसअघि चारित्रिक प्रमाणपत्रका लागि सेवाग्राही आफै आउनु पर्दा भीडभाड हुने गरेको थियो ।

राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले उक्त निर्देशन दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here