दीपेन्द्रआवद्ध मोन्ट्रियलले जित्यो ग्लोबल टी-२० को उपाधि, फाइनलमा सन्दीप विकेटविहीन

काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडा (क्रिकेट) २०२३ को उपाधि जितेको छ।

नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै मोन्टेरियलले उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जगुअर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जितका लागि १३१ रनको विजयी लक्ष्य पछ्याएको मोन्टेरियलले निर्धारित २० ओभरमा ५ विकेट नै गुमाएर पूरा गर्‍यो।

उसका लागि शेरफन रदरफोर्डले अविजित ३८, कप्तान क्रिस लिनले ३१, आन्द्रे रसेलले अविजित २०, दीपेन्द्र सिंह ऐरी (रिटायर्ट आउट) ले १६, दिलप्रीत सिंहले १४ र श्रीमन्थ विजयरत्नले १२ रन बनाए ।

जग्वार्सका लागि इफ्तिखार अहमदले २, अयान खान र स्पेन्सर जोनसनले १/१ विकेट लिए । फाइनलमा सन्दीप भने विकेटविहीन रहे । उनले ३ ओभरमा बिनाविकेट २० रन दिएका थिए ।
टस हारेर पहिला ब्याटिङ गरेको जगुअर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जगुअर्सका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रन बनाएर नटआउट रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here