अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउण्ड स्टर्लिङ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

सोमबार युरोपियन युरोको भाउ बढेको छ। आज १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२८ रुपैयाँ कायम छ। आइतबार १ युरोको खरिद दर १४४.६९ रुपैयाँ र बिक्री दर १४५.३५ रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज २ पाउण्ड स्टर्लिङको खरिददर १६८.६२ र बिक्रीदर १६९.३८ रुपैयाँ कायम छ। आइतबार १ पाउण्ड स्टर्लिङको खरिददर १६७.९६ र बिक्रीदर १६८.७२ रुपैयाँ थियो।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ १७ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५३ पैसा छ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४१ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४६ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १७ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर २९ रुपैयाँ १७ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १८ पैसा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here