नौबिसे-नागढुंगा आकस्मिक सुरुङको ‘ब्रेक थ्रू’, डेढ वर्ष भित्र सञ्चालनमा आउने

काठमाडौं । नौबिसे–नागढुंगा सुरुङमार्ग परियोजना अन्तर्गत आकस्मिक सुरुङको ‘ब्रेक थ्रू’ भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सोमबार सुरुङमार्गको ‘रेस्क्यू टनेल’को ब्रेक थ्रू भएको हो ।

केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएको थियो ।

२.६ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम भने १८ प्रतिशत बाँकी रहेको बताइएको छ । मुख्य टनेल ब्रेक–थ्रू हुनका लागि अब ५ सय ६ मिटर खन्न बाँकी रहेको बताइएको छ ।

हालसम्म ६६ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ । भने बाँकी काम अब ढेड वर्ष भित्र सकिएर सुरुङ मार्ग सञ्चालनमा आउने छ । कूल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here