आयातमा खुकुलो नीति, तीन करोड भारुसम्मको एलसी खोल्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा खुकुलो नीति अघि सारेको छ ।

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न ‘इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९’ मा संसोधन गर्दै आयात व्यापारमा निर्भर साना आयातकर्तालाई राहात हुने गरी केही खुकुलो नीति ल्याएको हो ।

एकीकृत निर्देशन जारी गर्दै एकैपटक ६० हजार डलरको वस्तु आयात गर्न सकिने नीति अघि सारेको हो । यसअघि ५० हजार डलरको सीमा थियो । भारतबाट हुने आयातको यस्तो सीमा भने तीन करोड रूपैयाँसम्म छ।

रेमिटेन्स भित्रिने दर बढ्दै गएपछि अहिले ११ महिनाभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिति छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here