पहिरोले कान्ति लोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध

मकवानपुर । मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौंडालाई काठमाडौंसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण कान्ति लोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गएराति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौंडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा पहिरोका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएराति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा दुवैतर्फ बाटो अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरीले बताएकाे छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here