एयरलाइन्स कम्पनीको सटही सुविधा दोब्बरले बढ्यो

काठमाडौं । एयरलाइन्स कम्पनीहरुको पाउने सटही सुविधा दोब्बरले बढेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ संशोधन गर्दै एयरलाइन्स कम्पनीहरूले सेवा आयात गर्नका लागि पाउने अमेरिकी डलरको सटही सुविधा दोब्बरले बढाएको हो ।

नयाँ व्यवस्था अनुसार अब एयरलाइन्स सञ्चालकहरूले सेवा आयात गर्दा १ लाख डलर साट्न पाउने छन् । यसअघि यस्तो सुविधा ५० हजार डलर मात्रै थियो ।

राष्ट्रिय ढुकुटीमा डलर संचिति बढेपछि राष्ट्र बैंकले सटही सुविधा खुकुलो बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here