महावीर पुनलाई विभूषण लिलामीमा नराख्न सरकारको पत्र, गरायो रद्द हुनसक्ने चेतावनी

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ ।

गृहको विभूषण तथा सभा समारोह शाखाले उनलाई पत्रमार्फत विभूषण लिलामीमा राखे रद्द गरिने चेतावनी दिएको हो । मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको उल्लेख छ ।

महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।

तर, गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृहमन्त्रालयले सोमबार सूचना जारी गरेको थियो । साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here