एमालेले भन्यो -‘सुन तस्करी प्रकरणमा छानबिन समिति चाहिन्छ/चाहिन्न भोटिङ गरौं ‘

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सभामुखसमक्ष माग गरेको छ।

मंगलबारको संसदमा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सबै माननीयहरूले उच्चस्तरीय छानविन समिति चाहेको बताए। उनले लेखा समितिको बैठकले पनि छानविन समिति गठनका लागि सरकारलाई ध्यानाकर्षण जनाएको भन्दै संसदमा डबल स्ट्यान्डर्ड व्यवहार नगर्न आग्रह गरे।

उनले छानविन समिति गठनका लागि भोटिङ गराउन मागसमेत गरे। ‘कुनै पनि पार्टीले ह्वीप नलाऔं। सभामुखलाई आग्रह गर्न चाहन्छु, छानविन समिति बनाउन भोटिङ गराउनुस्। यदि कसैले नचाहेको रहेछ भने एमालेको आन्दोलन स्थगित गरिदिन्छौं,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here