एमालेलाई प्रश्न -‘मदन भण्डारी दुर्घटनाको छानबिन गर्न आवाज किन उठ्दैन, फाइल पल्टाउँ न त’ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन कति दिनको लागि खोलेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सुन प्रकरण मात्रै नभएर फाइल पल्टाएर धेरै विषय हेर्न बाँकी रहेको उनले बताए । शर्माले एमालेलाई मदन भण्डारीको दुर्घटना सम्बन्धी फाइल खोल्न आवाज उठाउन सुझाए ।

उनले एमालेतर्फ संकेत गर्दै भने, ‘आज भन्दा ३० वर्ष २ महिना २३ दिनअघि एउटा गम्भीर दुर्घटना भयो। म श्रद्धापूर्वक नाम लिन चाहन्छु मदन भण्डारीको निधन भयो। बाहिर बोल्दा साथीहरु कुरा उठाउनुहुन्छ। उच्चस्तरीय आयोग बनाउँदै गर्दा ती फाइल पल्टाउँ न त।’

उनले कञ्चनपुरकी निर्मला बलात्कार कान्डका लागि त्यस्तो आयोग बनाउन पनि माग गरे। तर, यो विषयमा राज्यका निकायहरुले काम गरिरहेको बताउँदै अविश्वास गर्न नहुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here