तीन दलका नेताको बार्गेनिङ सदन चल्ने बेला नै किन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठक चल्ने समय कुनै अमुक दलका नेताहरूको कुरा मिल्ने र नमिल्नेमा सीमित भएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सदन चल्ने समय सभामुखमार्फत सचिवालयले तोकेपछि त्यही समयमा सदन सुरु हुनुपर्ने बताए।

‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन समयमा चल्नुअघि चाहे रात परोस् चाहे बिहान होस्, देखिएका आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखज्यूमार्फत आएको सदन चल्ने समयमा किन चल्दैन?,’ सभापति लामिछानेले प्रश्न गर्दै भने।

प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद अवरोध गलत भएको लामिछानेको तर्क छ।

‘संसद चल्न समय भनेको अमुक दलका नेताका कुरा मिल्दा र नमिल्दा होइन। असन्तुष्टी र आफ्ना कुरा राख्ने ठाउँ यही हो,’ उनले भने।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अर्बको सुन प्रकरणबारे सरकारले जवाफ दिनुपर्नेसमेत बताए। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि सुन प्रकरणको छानबिनका लागि छानबिन समिति बनाउने नबनाउनेबारे विचार गर्नुपर्ने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here