५ रुपैयाँको सिक्का प्रचलनमा ल्याउन सरकारले दियो स्वीकृति

काठमाडौं । सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न (धातुबाट सिक्का बनाउन) नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएकोमा अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउन लागेको हो ।

नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५-पहिलो संशोधन, २०७५’मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै गर्न सक्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here