मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको छ । मदन पुरस्कार गुठीले ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको हो ।

छनोट भएका पुस्तकमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् ।

यी पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here