भारतीय कफसिरपलाई इराकले पनि लगायो प्रतिवन्ध, किन खतरनाक ?

काठमाडौं । भारतीय कफसिरपलाई अब इराकले समेत प्रतिवन्ध लगाएको छ । ७ अगष्टका दिन इराकले भारतीय फर्मले उत्पादन गरेको यो औषधीलाई दूषित तथा घातक घोषणा गरेको छ । ल्यावमा गरिएको परीक्षणबाट यस्तो नतिजा आएको इराकी अधिकारीहरुले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले समेत कफसिरपलाई लिएर पुनः एक पटक अलर्ट जारी गरेको छ । पछिल्लो १० महिनामा पाँच पटक डब्लूएचओले यस्तो चेतावनी दिइसकेको छ । भारतीय कफसिरपमा मानव शरीरका लागि घातक मानिने एथिवीन ग्लाइकल र डाइथिलिन ग्लाइकलको मात्रा अधिक राखिएको पाइएको छ ।

यस्तो मात्राले मानिसलाई गम्भीर असर मात्र गर्दैन, मृत्यु हुने सम्भावना समेत अधिक रहन्छ । यसअघि गाम्बियामा ७० जना बच्चाको यो औषधी सेवनबाट ज्यान गएको थियो । उज्वेकिस्तान सरकारले १८ जना बच्चाको ज्यान गएको बताएको थियो । क्यामरुनमा समेत एक दर्जन बच्चाको यस औषधीका कारण ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here