विश्वकै दोस्रो अग्लो ‘केटू हिमाल’ सफल आरोहण गरेर पूर्णिमा स्वदेश फिर्ता

काठमाडौं । विश्वको दोस्रो सर्वोच्च शिखर केटू हिमालको सफल आरोहण गरेर फोटोपत्रकार पूर्णिमा श्रेष्ठ स्वदेश फर्किएकी छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकी उनलाई फूलमालाले स्वागत गरिएको थियो । आठ हजार ६११ मिटर अग्लो केटू सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।

उनले यही साउन ११ गते पाकिस्तानस्थित केटू हिमालको सफल आरोहण गरेकी थिइन् । यो आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल हो । पूर्णिमा एटके एक्सपिडिसन्सबाट अन्य सहयोगीसहित माउन्ट के-टु चढ्न पाकिस्तान पुगेकी थिइन्।

यस अघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्।

के–टु आरोहणका लागि जोखिमयुक्त भएकाले किलर माउन्टेनको उपमा दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here