अग्रता जोगाउन नसक्दा दिल्लीसँग बराबरीमा रोकियो आर्मी

काठमाडौं । नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी भारतमा भइरहेको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कपमा दिल्ली एफसीसँग १-१ को बराबरीमा रोकिएको छ ।

खेल सकिन दुई मिनेट अघि आर्मीले गोल खाएपछि ३ अंक जोड्नबाट बन्चित रह्यो । दिल्लीका लगि ८८औं मिनेटमा गरिक घोस्लाले बराबरी गोल गरे । खेलको ३९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

आर्मीले अब दोस्रो खेल आईएसएल क्लब चेन्नाइयीनसँग अगष्ट १४ र हैदरवादसँग अगष्ट २२ मा खेल्नेछ । सन् १९८८ मा सुरु भएको डुरान्ड कपलाई एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिन्छ। विश्वमा भने यसलाई तेस्रो पुरानो प्रतियोगिता मानिन्छ।

भारतमा बेलायती शासन हुँदा सन् १८८४ देखि १८९४ सम्म विदेश सचिवको रुपमा काम गरेका सर हेन्री मोर्टिमर डुर्नाडको नाममा प्रततियोगिता सुरु गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here