काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन्।

मंगलबार साँझ तारकेश्वर नगरपालिका वडा नम्बर ५ गोलढुंगा हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका-५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका-२ का सुवास गुरूङ र रामेछाप गोकुलगंगा गाउँपालिका-१ का मदन दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको डेरा कोठाबाट नक्कली नेपाली रूपैयाँ एक हजारको एक सय ८२ थान र नोट बनाउन प्रयोग हुने कागज दुई सय थान बरामद भएको छ।

यसैगरी मोबाइल चार थान, सिमकार्ड दस थान र बा६५प ९०२७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको आशंका प्रहरीको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here