अल-नासर फाइनलमा, रोनाल्डोको निर्णायक गोल

काठमाडौं । अल–सोर्टालाई हराउँदै अल–नासर अर क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगिज सुपरस्टारले खेलको ७५ औँ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि अल–नासर १–० गोलले विजयी बनेको हो । साडियो मानेलाई पेनाल्टी बक्समा लडाएपछि अल–नासरले खेलमा पेनाल्टी पाएको थियो ।

अब रोनाल्डोको टोलीले अल–हिलाल र अल–सबाबबीचको विजेतासँग शनिबार हुने फाइनल खेलमा सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here