एसिया कप क्रिकेट: भारतको जर्सीमा पाकिस्तानको नाम

काठमाडौं । अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आयोजना हुँदैछ ।

प्रतियोगितामा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । उक्त खेल अक्टोबर १४ तारिखमा अहमादाबादमा खेलिने छ । आयोजनाको विषयलाई लिएर नै यी दुई राष्ट्रका क्रिकेट बोर्डबीच ठूलै चर्काचर्की परेको थियो ।

कुनै समय रद्द हुने हो कि भन्ने अवस्था पनि सृजना भएको थियो । भारतले पाकिस्तानमा खेल्न नमानेपछि भारतको खेल श्रीलंकामा सारिएको छ । तर, एसिया कपका लागि तयार पारिएको भारतको जर्सीमा पाकिस्तानको नाम पनि लेखिएको छ ।

एसिया कप खेल्दा भारतले लगाउने जर्सीको अघिल्लो भागमा ठूलो अक्षरले अँग्रेजीमा ‘इन्डिया’ लेखिएको छ । त्योभन्दा ठिकमाथि दायाँतर्फ ठूलो रातो घेराभित्र ‘एसिया कप पाकिस्तान २०२३’ लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here