९५ प्रतिशत जनता विद्युतको पहुँचमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशको कूल जनसंख्याको ९५ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेको जनाएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले राष्ट्रिय प्रसारणलाईनमा जडित बिजुलीको पहुँचमा उक्त जनसंख्या आएको बताए । यसमध्ये मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पूर्णरुपमा विद्युतीकरण भएको जानाकारी दिए ।

यस्तै, कोसीमा ९५ प्रतिशत र लुम्बिनीमा ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ । कर्णाली प्रदेशको ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या विद्युतको पूर्ण पहुँचमा पुगेको घिसिङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here