विद्युत प्राधिकरणले आइपीओ जारी गर्ने, सञ्चित नाफा ३६ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको बताए।

कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रूपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको सतह घट्दा प्राधिकरण र नीजी क्षेत्रको विद्युत उत्पादनमा ह्रास आएको र त्यसको नाफा घटेको घिसिङको तर्क छ । प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष ७८/७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष ७९/८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।

प्राधिकरणले विद्युत विक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रूपैयाँ रहेकामा अहिले बढेर १ खर्ब १८ कराेड पुगेकाे उनले जानकारी दिए । प्राधिकरणकाे संचिति नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ कराेड रूपैयाँ पुगेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here