कांग्रेस सांसद बचाउमा उत्रियो एमाले, सदनमा भन्यो-‘भ्रष्टाचार विरोधीलाई किन समातियो’ ?

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन् । शाहले शर्मालाई किन पक्राउ गरेको भन्दै प्रश्न गरिन् ।

‘पटक पटक उच्चस्तरीय छानबिन बनाउन माग गर्ने सांसदलाई आज कुन हिसाबबाट समातिएको छ ? कानुनले पनि मिल्दैन ।

उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ, यसको घोर आपत्ति गर्न चाहन्छु,’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here