मत्स्यनारायण मेलामा भक्तजनको भीड

काठमाडौं । काठमाडौको कीर्तिपुर नगरपालिकास्थित मत्स्यनारायण मन्दिरमा लागेको पुरुषोत्तममासको एक महिने मेलामा भक्तजनको भीड बढिरहेको छ ।

अहिले अधिक श्रावणको अन्तिम दिनहरू चलिरहेको छ भने मलमास ३१ गते सकिँदैछ । तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिना (मलमास)मा उक्त मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्छ ।

मलमास अवधिभर सो मन्दिरमा भगवान नारायणको पूजा-पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा रहिआएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गदा र पद्म लिएको मूर्ति छ ।

यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्‍यो भने उक्त महिनालाई पुरूषोत्तम (मलमास, अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ ।

मलमास अवधिभर उक्त मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here